Friday, July 13, 2012

Chhada Nepali Jokes

भालेको औषधि
नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।
पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढयो । एक दिन पार्टीको बैठक चलिरहेको वेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए- मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।'
'अनि,' लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।
'एक दिन एकजना जोगी आए र कुखुरालाई खुवाउनु भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त...मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।'
एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।
'नाम त मलाई थाहा छैन,' केसीले भने, 'तर, त्यसको स्वादचाहिँ अदुवा-अदुवा, लसुन-लसुनजस्तो थियो ।'

--**__**__**___**___*___*__**_**_*_*__*_*_*_*__*_*__*_*_*_*__*_*_*_*

बच्चा जन्माउन चाहन्छु

महिला : डाक्टर सा'ब, म अब बच्चा जन्माउन चाहन्छु । तयारी गर्न श्रीमानले ट्राउजरको सट्टा कट्टु लगाउनु बेस होला कि ?
डाक्टर : त्यो त हो । तर, उनले केही पनि नलगाउनु अझ उत्तम 

No comments:

Post a Comment