Friday, July 13, 2012

ठमेलको वेश्यावृत्तिले, लाहुरेको सर्वस्व



ठमेलको वेश्यावृत्तिले, लाहुरेको सर्वस्व
काठमाडौ । जापानबाट स्वदेश फर्केका एक नेपाली (आपनो नाम उल्लेख गर्न चाहेनन्) ले ठमेको एक होटेलमा सर्वस्व लुटाएका छन् । साँझ मोजमस्ती रात रमाइलो गरेर सुतेको मान्छे बिहान निर्वस्त्र फेला परे ।

विवरण अनुसार ११ गते साँझ सेक्सको भोक मेटाउन उनी ठमेलको भगवान बाहालस्थित होटल एम.एम. इन्टरनेशनलमा पुगे । जापानबाट पैसा कमाएर ल्याएको तुजुकमा र लाहुरेको भेषमा भित्रिएको पाहुनाले सुरूमै युवती मिलाई दिन होटेलका कर्मचारीलाई भने । एउटा सुन्दरी रात बिताउन तयार भइन् । ती युवतीले रात विताए वापत २५ सय रूपैयाँ प्रीपेडको रूपमा माग गरिन् । पैसाको कमी नभएको लाहुरेले खुरूक्क २५ रूपैयाँ गनेर युवतीलाई दिए । ‘तपाई बस्दै गर्नुस् म तयार भएर आउँछु भन्दै युवती होटेलबाट बाहिरिन् । यौनको प्यासी लाहुरेलाई छटपट भयो । निकै बेरसम्म युवती नफर्किएपछि अर्की युवतीलाई तयार गरियो । उनले पनि त्यही प्रस्ताव गरिन्, र २५ सय रूपैयाँ प्रीपेड लाहुरेले तिरे । युवतीले पैसा हातमा मात्र के पारेकी थिइन् । लाहुरेलाई आँखा झिम्क्याउँदै ]थ्या∙ यु वाई भन्दै चम्पट दिइन् ।

लाहुरे पै’सा ∕ भन्दै केही परसम्म पछ्याए, तर ठमेलको गल्ली युवती गायव । लाहुरेले होटलका कर्मचारीको झाँको झारे । ‘के हो यस्तो केटी मिलाउने ? म यो होटेलका बस्दिन भनेपछि लाहुरलाई सन्त्वना दिँदै अर्को केटी मिलाइदिने शर्तमा थामथुम पारियो । केही समयपछि रातभरको यौनकार्यको लागि एउटी युवती सम्पर्कमा आइन् । उनले पाँच हजार रूपैयाँ माग गरिन् । पाँच हजारभन्दा पनि यौनको ज्वाला दन्किएको लाहुरेले तुरून्तै स्वीकार गरे । होटेलको कोठामा खानपिन भयो । खानपिनपछि दुबै यौनकार्यमा लिप्त भए । लाहुरेले पनि पटक पटक यौनको प्यास मेटायो ।

तिनै लाहुरेको गतिविधि साँझदेखि नियालीरहेका एक अर्का ग्राहकले लाहुरे बिहान अबेरसम्म नउठेपछि कोठाको ढोका ठेलेर हेर्दा त उनी सुतिरहेका थिए । बेडमा ओछ्यानको तन्ना उनले ओढेका थिए । उनी त निर्वस्त्र, कपडाको एउटा डोटोसम्म उनको शरीरमा थिएन । उनलाई यौनकामदार युवतीले पेय पदार्थमा नशालु कुरा खुवाएको अनुमान लाहुरेले गरेका छन् । बिहान होस खुलेपछि लाहुरेले आपनो कहानी सुनाउँदै भने-’म त डुबें नि’

उक्त एम एम होटेलमात्र नभएर ठमेल क्षेत्रका होटेल, रेष्टुरेण्टहरू ‘सेक्स बजारको रूपमा विकसित हुँदै गएका छन् । स्मरण रहोस्, उक्त होटेल चिरञ्जीवी वाग्ले पुत्र देवेन्द्र वाग्लेले खरिद गरेका थिए । अवैध आर्जन गरेको सम्पति विवरण ढाकछोप गर्न उक्त होटल असनतिरका एकजनालाई बिक्री गरिएको भए पनि अप्रत्यक्ष स्वामित्व वाग्लेकै रहेको बताइन्छ । हाल उक्त होटेल पशुपति खरेलले सञ्चालन गर्दै आएका छन् ।

No comments:

Post a Comment